शिखर इन्स्योरेन्स, इसेवा र युएसएआइडीको सहकार्यमा ५०० रुपैयाँमै गर्न सकिने घरबीमा योजना सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
इसेवा, युएसएआइडी र शिखर इन्स्योरेन्सको सहकार्यमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ ।

हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुने जनाईएकाे छ । यस योजनामार्फत इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीवद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोडसम्मको बिमा हुने यस योजनामा वार्षिक ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने इसेवाले जनाएकाे छ ।

बीमा मुल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ र यस योजनामा सहभागि हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ ।

इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले यसैगरि देशभर रहेका दुई लाख बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।