ज्योति विकास बैंकद्वारा बिना डेबिड कार्ड पैसा निकाल्न सकिने कार्डलेस सेवा सुरु

ज्योति विकास बैंकद्वारा बिना डेबिड कार्ड पैसा निकाल्न सकिने कार्डलेस सेवा सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस क्यास वीथड्र भुक्तानी सेवाको सुरुवात गरेको छ । 

यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटीपी कोर्डलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिंदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको हो । बैंकको मोबाइल बैंकिङ्ग एप ज्योति स्मार्ट तथा वेब ब्राउजर मार्फत यो सेवा प्रयोग गर्न सकिनेछ । बैंकको मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि Jyoti Smart प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने कार्डलेस क्यास वीथड आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्नेछ । तत् पश्चात, ज्योति विकास बैंककै  एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ्ग एपमा चयन गरिएको) र मोबाइलमा प्राप्त ओटीपी कोर्ड राखी इच्छाइएको रकम झिक्न सकिनेछ ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।