बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा यहि जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । उक्त सम्मेलनमा बीमा क्षेत्रका विज्ञहरुबीच बीमा क्षेत्रको उदयीमान चुनौतीहरुको समाधान सम्बन्धमा विज्ञहरुबीच छलफल र अनुभव आदान प्रदान हुनेछ ।
प्राधिकरणले एशियाली विकास बैंक (एडिबी), एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ, इन्टरनेशनल एशोशिएसन अफ इन्स्योरेन्स सुपरभाइजरको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको हो । सम्मेलनका माध्यमबाट नेपालको बीमा नियामक र बीमकहरुले अन्तर्राष्ट्रिय रुपमा नेपालको बीमा नियमन र बीमा व्यवसाय सम्बन्धमा जानकारी प्रवाह गर्ने अवसर समेत प्राप्त गर्नेछन् ।
तीन दिने सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहनेछ । । जसमा नियामक निकाय बाहेक कसैको सहभागीता हुने छैन ।
यसैगरी, दोस्रो दिनदेखि निम्तालु सबैलाई सम्मेलनमा सहभागी गराइनेछ । दास्रो र तेस्रो दिनमा सहभाथीहरुले ३ वटा सत्र भित्र रहेर विभिन्न विषयमा छलफल गर्ने छन् ।
प्रतिक्रिया