ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदैँ सरकार

ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदैँ सरकार


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले थप ५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँको नवीकरण गर्ने भएको छ ।

सरकारका लागि नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिँदैछ । बाँकी भने नवीकरणवाला ऋण छ ।

राष्ट्र बैंकले २८ दिने अवधिको ३ अर्बको नवीकरण गर्दैछ । यसबाह्क ९१ दिने अवधिको ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको, १८२ दिने अवधिको १० अर्बको र ३६४ दिने अवधिको ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नबीकरण गर्न लागेको हो । सोमबार नयाँ र पुरानो आन्तरिक ऋण नवीकरण गरिने छ ।

पोहोर यतिबेला सस्तोमा आन्तरिक ऋण उठाएको सरकारले यस वर्ष बढि ब्याज तिर्न वाध्य भएको छ । अघिल्लो वर्ष ९१ दिनेको ब्याज ७.५४ प्रतिशत, ९१ दिनेको ९.१६ प्रतिशत, १८२ दिनेको ९.१३ प्रतिशत र ३६४ दिनेको ८.८० प्रतिशत कायम भएको थियो ।