बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयर लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले शेयर कारोबारमा बजेटले गरेको व्यवस्थाप्रति आपत्ती जनाउँदै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको बजेटबाट लगानीकर्तालाई थप कर लगाउन लागेको भन्दै आन्दोलनमा उत्रिएका लगानीकर्ताहरु आज पनि माइतिघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् ।
व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पुँजीगत लाभकर अन्तिम गर्नुपर्ने, पूँजीबजारमा ३९ प्रतिशत कर नमान्ने जनाएका छन् । सरकारले शेयर कारोबारमा पनि व्यवसाय सरह नै कर लगाउन खोजेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । लगानीकर्ताले 'लगानीकर्तामैत्री कर लागु गर', 'आमलगानीकर्ता एक हाैं', 'पूँजीबजार जोखिमको क्षेत्र हो', 'पूँजीबजारमा ३९ प्रतिशत कर मान्दैनौ' लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
लगानीकर्ताले बिहीबारदेखि धितोपत्र बोर्ड, नेप्से तथा ब्रोकर एशोशियसनमामा ज्ञापन पत्र बुझाउदै आन्दोलन सुरु गरेका थिए ।
प्रतिक्रिया