नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, २ देशबीच कारोबारमा सजिलो हुने

नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, २ देशबीच कारोबारमा सजिलो हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल भारतबीच नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच डिजिटल भुक्तानीको समझदारी भएको हो ।

दुई प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)का सीईओ रितेष शुक्लाले सम्झौतापत्र आदानप्रदान गरका थिए ।

यो सँगै नेपाल भारतबीच डिजिटल भुक्तानीको बाटो खुलेको छ । अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङ्गको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी सक्ने छन ।

क्त सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि जानेलाई सहज हुनेछ । सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ । नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत प्रधानले महत्वपूर्ण सहमति भएको जानकारी दिए ।

उनले यसप्रकारको सम्झौताले विद्युतीय भुक्तानीका लागि सहज हुने बताए । नेपाल र भारतका नागरिकले यसबाट ठूलो लाभ प्राप्त लिन सक्ने उनको भनाइ छ । यसअघि कार्डबाट हुँदै आएको भुक्तानी अब भने क्यूआर कोड स्यानमार्फत हुनेछ ।

भारतमा विभिन्न प्रयोजनका लागि आउने नेपालीले भोग्दै आएको भुक्तानीको समस्या अब भने समाधान हुने प्रमुख कार्यकारी अधिकृत प्रधानले जानकारी दिए । नेपाल राष्ट्र बैंककोे लगानीमा स्थापित नेपाल क्लियरिङ हाउस र भारतीय समकक्षीबीचको सहमतिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप भरपर्दो र विश्वासिलो बनाएको छ ।