बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार सुरु भएपछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट आइजीआई (IGI) सिम्बोलबाट कम्पनीको शेयर सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता शेयर सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा १ः१ अनुपातमा मर्ज भएका हुन् ।
प्रतिक्रिया