बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
साविक युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एकआपसमा गाभिई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार शुरू गरेपछि शेयर रजिष्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टारमा नियुक्त गरिएको हो ।
जेठ १७ गते बुधबार सम्पन्न नियुक्तिसम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्ण तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर हुन् । अब कम्पनीको धितोपत्रसम्बन्धी सम्पूर्ण कार्यहरू प्रभु क्यापिटलबाट हुनेछन् ।
साविक युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई मिति २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार शुरू भएको हो ।
प्रतिक्रिया