बैंकिङ्ग समाचार, काठमाडौं ।
बजेट घोषणा पछि पछिल्लो दुई दिन लगातार उच्च अंकले घटेको शेयर बजारमा आज भने दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से १६.५४ अंकले बढेर १ हजार ८ सय ६६ दशमलब ३४ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से ३८.८३ अंकले घटेर १ हजार ८ सय ४९ दशमलब ७९ विन्दुमा बन्द भएको थियो ।
नेप्से बढेपनि कारोबार रकममा भने आज गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ३७ कम्पनीकोे शेयरमूल्य घटेको छ, ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६.९४ प्रतिशतले बढेर प्रतिकित्ता ३८६.६० रुपैयाँ पुगेको छ भने विपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता ४०२.९० रुपैयाँ पुगेको छ ।
नेप्सेका आज अनुसार सनराइज फोकस्ड इकयुटि फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २३ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया