बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी बैंक लिमिटेडले सनराइज बैंकसँगको मर्जर प्रस्तावलाई अन्तिम स्वीकृती दिन विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले असार ३ गते, आइतबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा सो सभा सम्पन्न गर्ने जनाएको छ ।
सभाले लक्ष्मी बैंक र सनराइज बैंक एक बराबर एक शेयर स्वाप रेसियोमा मर्ज हुने, मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
विशेष साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो विशेष साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया