कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरि विक्री खुला

कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरि विक्री खुला


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १२१ रुपैयाँ तोकिएको छ ।

शेयर खरिद गर्न इच्छुकले आज जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौं कार्यालयमा पेस गर्न सकिनेछ ।