बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै उनले नवप्रवर्तन तथा उद्यमशिलता विकासलाई प्रत्साहन गर्न यस्तो व्यवस्था गरिएको बताएका हुन् ।
यस्तै, उनले अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्न सकिने पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया