कामना सेवा विकास बैंकका नव नियुक्त सिइओ दिनेश थकालीले आजबाट सम्हाले कार्यभार

कामना सेवा विकास बैंकका नव नियुक्त सिइओ दिनेश थकालीले आजबाट सम्हाले कार्यभार


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले आजदेखि बैंकको कार्यभार सम्हालेका छन् । कको सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । बैंकको सञ्चालक समितिले थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । उनले आज जेठ १४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।

बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्ष अनुभव बटुलेका उनी एक कुशल बैंकरको रुपमा परिचित छन । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलेपमेन्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैंकिङ्ग करियर सुरु गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली ३२ वर्षको उमेरमै तत्कालिन सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । बागेश्वरी र साग्रिला गाभिए पछि थकाली कम्पनी सचिव तथा डेपुटी सिइओ भए । 

सांग्रिला डेभलपमेन्ट पछि थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतमा प्रवेश गरेका थिए । प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको रुपमा रहेका थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरेका थिए । 

छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा उदाएका थकाली कुशल व्यवस्थापकका रुपमा परिचित छन् । कामना सेवा विकास बैंकलाई विकास बैंकहरु मध्ये अझ अब्बल र थप प्रतिस्पर्धी बनाउदै लैजाने र बैंकको सम्पुर्ण सूचकहरुलाई अझ माथि पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।