बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनी केशव बोहराले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिए पश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी बोहराको नाममा रहेको १० हजार ७७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो ।
यो शेयर खरीदका लागि इच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । उक्त शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया