बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यस दिन नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने प्रभु लाइफ इन्स्योरेन्सको ९.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात नेशनल लाइफको शेयरमूल्य ६०१ रुपैयाँ ६७ पैसा र प्रभु लाइफको ४२८ रुपैयाँ ५ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी इन्स्योरेन्सहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा नेशनल लाइफको शेयर प्रतिकित्ता ६४९ रुपैयाँ ८० पैसा र प्रभु लाइफको ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया