कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुुन नसकेपछि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागेको हो ।

जेठ १० गते सूचना जारी गर्दै उल्लिखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू र अन्य व्यक्ति तथा संस्थाहरूलाई ३५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । आवेदन बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा पेश गर्न कम्पनीले आग्रह गरेको हो ।