बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । जेठ १० गतेको पत्र अनुसार दुबै कम्पनीलाई मर्जर जान अन्तिम स्वीकृति प्रदान गरेको हो ।
धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को व्यवस्था अनुसार दुबै कम्पनीलाई गाभ्ने गाभिने सम्बन्धमा अन्तिम स्वीकृति प्रदान गरेको हो ।
अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्सबीच पुस २७ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । यि दुई कम्पनीबीच शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात अजोडको १०० कित्ता शेयर हुने शेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता शेयर पाउने छन् ।
दुई कम्पनी मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।
प्रतिक्रिया