१ लघुवित्त र २ विकास बैंकहरुले शेयरधनीको हितग्राही खातामा जम्मा गरे बोनस शेयर

१ लघुवित्त र २ विकास बैंकहरुले शेयरधनीको हितग्राही खातामा जम्मा गरे बोनस शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
तीन कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा बोनस लाभांश जम्मा गरेका छन् । सबैको लघुवित्त वित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले सम्बन्धीत शेयरधनीको हितग्राही खातामा बोनस शेयर पठाएका हुन ।

मितेरी डेभलपमेन्ट बैंकले गत गत पुस २७ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको १२.३५ प्रतिशत बोनस शेयर र सांग्रिला डेभलपमेन्ट बैंकले गत चैत १७ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारणसभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनस शेयर र सबैको लघुवित्तले गत फागुन २६ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट पारित १८ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

यी तीन ओटै कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भएपछि सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

हालसम्म पनि यी तीन कम्पनीका शेयरधनीले शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ ।

सबैको लघुवित्त र सग्रिला डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रुहेको छ । त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।