मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको अरोगिन हेल्थ केयरमा विशेष छुट हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि.” ९ब्चयनष्ल ज्भबतिज ऋबचभ एखत। ीतम० सँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता सम्पन्न गरेको छ । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले काठमाडौंको विशालनगरमा स्थित “अरोगिन हेल्थ केयर प्रा. लि.” ले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा विशेष ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।