बैंकिङ्ग समाचार, काठमाडौं ।
बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम The National Banking Discourse-2023 ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ हुने भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम वर्तमान अर्थमन्त्री डा. प्रकाश शरण महतद्धारा उद्घाटन गरिनेछ ।
नबिल बैंकद्धारा प्रायोजित यस कार्यक्रम आज (जेठ २) गते मंगलबार काठमाडौंस्थीत सोल्टी होटलमा हुने भएको हो ।
के हो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रम ?
‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा बर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनी समाबेशी बिकासका लागि बित्तिय साक्षरताको अपरिहार्यता र स्थिती लगायतका विषयवस्तुमा मुलभुत छलफल हुनेछ ।
यस्तै, आजको बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिती, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाव, वित्तीय साक्षरताका विषयहरु, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको, स्थिती र चुनौती लगायतका विषयहरुमा हुने बृहत परिसंवादले हालको अभुतपूर्व समस्याका चुनौतीहरु समाधान, तर्क र तथ्य सहितका जवाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ ।
कार्यक्रममा आजको बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, दिगो बैंकिङ्ग, सटिक विश्लेषण र व्याख्या सहित रेमिट्यान्स, बित्तीय साक्षरता लगायत बिभिन्न बिषय माथिको गहन बिमर्स हुने बताइएको । सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचात्पादनमूलनसहित उक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको छ ।
विश्व कोभिड माहामारीबाट तङ्ग्रीदै गर्दा सुरु भएको रुस युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मुल्य वृद्धिलाई निम्त्याएको छ । फलस्वरूप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित छ । यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्व सन्ध्यामा बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना गर्न लागिएको हो । कार्यक्रममा गर्भनर, अर्थमन्त्री, अर्थविद्ध लगायत अन्य बिशिष्ट व्यक्तीहरुको उपस्थित हुने छ ।
किन आवश्यक भयो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श कार्यक्रम ?
विशिष्ट अतिथिहरु, आधिकारिक व्यक्तित्वहरु, बिषयगत विज्ञहरुको उपस्थितिकाबीच ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा वर्तमान आर्थिक अवस्थाको विषयमा चरणबद्ध परिसंवाद गरिनेछ । यसले हालको अभुतपूर्व समस्याहरुलाई चिर्दै नयाँ समाधानको खोजी, बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, तर्क र तथ्य सहितका जवाफहरु पैदा गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा ४ वटा फरक–फरक शिर्षकमा बृहत संवाद गरिने बताइएको छ । सत्रहरुको पहिलो संस्करणमा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा विषयमा गहन बिमर्स हुनेछ । दोस्रोमा वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, तेस्रोमा रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य र चौथो संस्करणमा दिगो अनी समावेशी बिकासका लागि अह्म बित्तिय साक्षरताको अपरिहार्यता र स्थितीहरुको मूल विषयवस्तुमा गम्भीररुपमा छलफल हुने छ ।
सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवंम बैंकिङ्ग अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार–विमर्श हुनेछ । हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा संकुचन आई उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले विशेष प्रस्तुती दिनेछन् । चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको राजस्व संकलन नभएको, पूजीगत खर्च अपेक्षित नसकिरहेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव जस्ता विषयहरुमा पनि गम्भीर चिरफार हुनेछ ।
प्रतिक्रिया