बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार सुरु भएको छ । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको मर्जरपछि बनेको ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ को नाममा २ करोड ६२ लाख २६ हजार २८१.९६ कित्ता शेयर आइतबार सूचीकरण भएको थियो ।
आइतवार नेप्सेमा साबिक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ६२ लाख २६ हजार ३८१ दशमलव ९६ कित्ता शेयर सूचीकृत भएको हो ।
मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ५९९ दशमलव १२ ओपनिङ रेञ्ज तोकेको थियो । यही रेञ्जका आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबार भएको हो । कम्पनीको स्टक सिम्बोल एसएएलआइसीओ (SALICO) रहेको छ ।
प्रतिक्रिया