मौद्रिक नीतिको समीक्षाको प्रभावमा बैंकर ज्ञवालीको बिचार, लघुवित्तका ॠणीहरुलाई भुक्तानी बोझ सहज

मौद्रिक नीतिको समीक्षाको प्रभावमा बैंकर ज्ञवालीको बिचार, लघुवित्तका ॠणीहरुलाई भुक्तानी बोझ सहज


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकर मनोज ज्ञवालीले आज राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका प्रमुख बुँदाहरु तथा यसले पार्ने प्रभाव बारेमा सामाजिक संजालमार्फत आफ्नो बिचार व्यक्त गरेका छन् । ज्ञवाली नबिल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) को रुपमा कार्यरत छन् ।

लघुवित्त संस्थाका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाई सम्बन्धमा यस्तो छ ज्ञवालीको विचारः
वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी सम्वन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ ।

प्रभाव: लघुवित्त का ॠणीहरुहरुले तत्काल को भुक्तान बोझलाई केही पर सार्न सक्नेछन र लघुवित्त को खराब कर्जा ब्यबस्थापनमा केहि सहजता हुनेछ । यसले लघुवित्त वित्तीय संस्थाको मुनाफालाई कायम राख्न केहि हद सम्म सहयोग गर्नेछ ।

यसरी यो समिक्षा अपेक्षित नै रहेको छ । तत्कालै आगामी आ.ब. को लागी मौद्रिक निति को लागी बजेट लाई पर्खिरहेको अबस्थामा धेरै परिवर्तन अपेक्षित पनि थिएन । नेपाल राष्ट्र बैंक अहिले सम्म आफ्नो लक्ष्यमा सफल देखिएको छ । कतिपय अबस्थामा आलोचना सहदै भए पनि तरलताको स्थीती, मुद्रास्फिति, बैदेशीक विनिमय संचीती र शोधनान्तर स्थीतीलाई लयमै राख्न सक्षम भएको छ भने आउदो आ.ब. को मौद्रिक निती एकदमै चुनौतिपूर्ण रहेका कारण कसरी प्रस्तुत हुन्छ चासोको बिषय रहेको छ ।

(नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज ज्ञवालीको फेसबुक पेजबाट साभार)