बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्राे त्रैमासिक समीक्षा गर्दै बैंकदरलाई साढे ७ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।
मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको केन्द्रिय बैंकले जनाएको छ । ब्याजदर करिडोर अन्तरगत अन्य दरहरुलाई यथावत राखिएको छ ।
यस बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको थियो। फलस्वरुप, अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमी आएको छ । दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
नीतिगत दर घटेसँगै यसले बैंकहरुलाई समेत थप ब्याजदर घटाउन प्रोत्साहन गर्नेछ ।
प्रतिक्रिया