नेपाल बैंक लिमिटेडको नयाँ शाखा ललितपुरको खुमलटारमा

नेपाल बैंक लिमिटेडको नयाँ शाखा ललितपुरको खुमलटारमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ । मिति २०८० वैशाख २७ गते बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका छन् ।

उक्त समाहरो नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा सु–सम्पन्न भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन प्रमुख अतिथी रहेको उद्घाटन समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख बाबुराम काफ्ले, खुमलटार शाखाका शाखा प्रवन्धक जय प्रकाश यादव तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधारण नागरिकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गर्दै खुमलटार शाखा खोलिएको र ललितपुर महानगरपालिका वडा नं. १४, खुमलटार लगायत सम्पुर्ण ललितपुर महानगरपालिकाबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएको धारणा राखेका थिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुर महानगरपालिकामा नेपालको जेठो बैंक नेपाल बैंक लिमिटेडको खुमलटार शाखाको आगमनको संयोगले खुमलटार र सम्पुर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमङ्ग पलाएको र यसले महानगरपालिकाको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा कोसेढुङ्गाको भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको धारणा राखे । 

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृत जंग महतले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए तापनि नेपाल बैंकको आगमनले स्थानीय स्तरमा बैंकिङ्ग क्षेत्रको विश्वसनियता अभिबृद्धि गर्न महत्वपुर्ण भूमिका खेल्ने बताउँदै नेपाल बैंकलाई वडाको तर्फबाट सम्पुर्ण सहयोग रहने धारणा व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका वैज्ञानिक डा. सुरेन्द्रलाल श्रेष्ठ, आरोही विद्याकुञ्ज मन्टेश्वरी स्कुलका सञ्चालक खड्क बहादुर खरेल तथा पुर्ण म्युजियम रिर्सोट र पुर्ण उड कार्भिङ्ग, ललितपुरका सञ्चालक किरण कुमार स्थापितले नेपाल बैंकले खुमलटार क्षेत्रमा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै बैंक तथा व्यवसायीको आपसी सहकार्य अपरिहार्य रहेको र नेपाल बैंकसँग सम्बन्ध विस्तार तथा सहकार्य र सहयोगका लागि सदैव तयार रहेको धारणा व्यक्त गरे ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।