नेपाल बैंकले काठमाडौंको गोंगबुमा संचालनमा ल्यायो आफ्नो २२८औं शाखा कार्यालय

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले आफ्नो २२८औं शाखा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गौंगबुमा स्थापना गरेको छ । मिति २०८० वैशाख २५ गते सोमबार नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि उक्त शाखा समुद्घाटन गरेका छन् ।

उक्त समाहरोह नेपाल बैंक लिमिटेड, गोंगबु शाखाका शाखा प्रवन्धक दिपा खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । टोखा न.पा. वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे अतिथी रहेको उद्घाटन समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, मुख्य प्रवन्धक लेखनाथ भुषाल, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख बाबुराम काफ्ले तथा स्थानीय सँघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधरण नागरिकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ सँस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरि नेपाल बैंक लिमिटेड आएको धारणा राखेका थिए । टोखा न.पा. वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरेले स्थानीय स्तरमा बैंकहरुको कमी नभएको भए तापनि नेपाल बैंकको आगमनले स्थानीय स्तरमा बैंकिङ्ग क्षेत्रको विश्वसनियता अभिबृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउदै हाल नेपाल बैंकको सेवा प्रवाहको स्थित हेर्दा नेपालको पहिलो तर तन्नेरी बैंकको रुपमा आफुले अनुभव गरेको र नेपाल बैंकलाई वडाको तर्फबाट सम्पुर्ण सहयोग रहने तथा आगामी दिनमा गोंगबु शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गरे । 

कार्यक्रममा स्थानीय शान्ति टोल सुधार समितिका अध्यक्ष गोविन्द प्रसाद पाठक, विनायक अस्पतालका अध्यक्ष के.पी. लामिछाने तथा काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर कार्कीले नेपाल बैंकले गोंगबु क्षेत्रमा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै बैंक तथा व्यवसायीको आपसी सहकार्य अपरिहार्य रहेको र नेपाल बैंकसँग सम्बन्ध विस्तर तथा सहकार्यका र सहयोगका लागि तयार रहेको धारणा व्यक्त गरे ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।