बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ । उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ ।
यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन् ।
त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने बैंकले जनाएको छ । महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ ।
नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ । साथै लकरको सुविधा पनि रहेको यस खातामा लकर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ ।
दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास छ ।
प्रतिक्रिया