बैंकिङ्ग समाचार, काठमाडौं ।
साविक सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले २०७६ असार १३ गते सम्पन्न २२औं पाँचौ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ८६ प्रतिशत बोनस शेयरमा लाग्ने कर शेयरधनीलाई बुझाउन आग्रह गरेको हो । हालसम्म पनि उक्त वर्षको बोनस शेयरमा लाग्ने कर वापतको रकम नबुझाउने शेयरधनीलाई उक्त रकम बुझाउन कम्पनीले आग्रह गरेको हो ।
२०७६ असार १ गतेसम्म कायम शेयरधनीहरुले सो बोनस शेयर पाउन बोनस शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले हालसम्म पनि कर वापतको रकम नतिर्ने शेयरधनीलाई कर बापतको रकम कम्पनीको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१०१०१०००५२६४ मा जम्मा गर्न आग्रह गरेको छ ।
साथै जम्मा गरेको भौचर कम्पनीको इमेलमा पठाउन समेत कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया