बैंकिङ्ग समाचार, काठमाडौं ।
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारणमा परिर्वतन हुने भएको छ ।
कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन हुने भएको हो । त्यसपछि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम हुनेछ ।
कम्पनीले गरेको यस्तो प्रस्ताव मंसिर ९ गते सम्पन्न भएको साधारण सभाले पारित गरिसकेको तथा नेपाल बीमा प्राधिकरणबाट पनि स्वीकृति पाइसकेको छ ।
संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहानेले सोही अनुसारको निवेदन सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा दिन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया