महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई स्कुल ब्याग वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै उक्त सहयोग गरेको हो । बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पुर्याउने उदेश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

बैंकले विगत ३३ बर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाललद्वारा करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै विद्यालय झोला सहयोग गरेको जनाएको छ । 

शिक्षाको मुल धारमा आउन नसकेका वा पिछडिएका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थासँग समन्वय गरी बैंकले विद्यार्थीहरुका लागि उक्त सहयोग प्रदान गरिएको बैंकले उल्लेख गरेको छ ।