मुक्तिनाथ विकास बैंकद्धारा बचतकर्ताको परिवारलाई दुर्घटना बीमावापत १० लाख हस्तान्तरण

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
यस मुक्तिनाथ विकास बैंक लि.ले सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्थाई ठेगाना कोहलपुर न.पा. ११ का स्व. जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत रु. १० लाख उपलब्ध गराएको छ । 

निजले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेको कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापतको रकम पाएका हुन । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैंकले २०८० साल बैशाख १३ गते बुधबारका दिन कोहलपुर न.पा. ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको रु. १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेकोछ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु , पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । हाल बैंकको परिवार लक्षित रु १ करोड १ लाख सम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।