कामना सेवा विकास बैंकको सीईओ पद दिनेश थकालीले सम्हाल्ने

कामना सेवा विकास बैंकको सीईओ पद दिनेश थकालीले सम्हाल्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली बन्ने भएका छन् । हाल प्रभु बैंकको चिफ बिजनेश अफिसर रहेका थकाली कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् ।

हाल प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको रुपमा रहेका थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरेका थिए । थकालीले प्रभु बैंकबाट राजिनामा दिइसकेका छन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी छ ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली प्रभु बैंक आउनुपूर्व सांग्रिला डेभलेपमेन्ट बैंकको कामु सीईओ थिए । अब भने उनी कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलेपमेन्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैंकिङ्ग करियर सुरु गरेका थिए ।

हाल कामना सेवा विकास बैंकमा विनय दाहाल कामु सीईओ छन् ।