बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजको अन्तर २% भन्दा फरक बनाउन नपाउने

बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजको अन्तर २% भन्दा फरक बनाउन नपाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न प्रकारका बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक बनाउन नपाइने जनाएको छ ।

केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई बचत खातामा दिने ब्याजदरको अन्तर सो प्रतिशतभन्दा बढी फरक पार्न नपाउने व्यवस्था गरिएको बताएको हो ।

नयाँ बचत खाताको विकास गर्दा पुरानो खाताको ब्याजदर अन्यन्तै कम भयो भन्ने आम गुनासोलाइ सम्बोधन गर्न केन्द्रीय बैंकले यो कदम चालेको हो ।

साथै ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) गर्नुपर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ ।

\"No