प्रभु बैंकका ग्राहकलाई धनगढीस्थित सौभाग्य हस्पिटलमा विशेष छुट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेड र धनगढी– ०२, कैलाली स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात प्रभु बैंकका ग्राहकले सौभाग्य हस्पिटलमा विशेष छुट पाउने भएका छन् ।

बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरद्धारा सञ्चालित ओ.पि.डी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच्.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु/एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ । प्रभु बैंकका ग्राहकले फार्मेसीबाट पनि ५ प्रतिशत छुट पाउने बैंकले उल्लेख गरेको छ ।

सम्झौता अनुसार सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।