विभिन्न इन्स्योरेन्सको बीमा नविकरण ‘आइएमई पे’ बाट गर्दा १००% सम्म क्यासब्याक जित्ने मौका

विभिन्न इन्स्योरेन्सको बीमा नविकरण ‘आइएमई पे’ बाट गर्दा १००% सम्म क्यासब्याक जित्ने मौका


बैंकिङ्ग समाचार, काठमाडौं ।
“आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।

आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् ्र सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्स्योरेन्स लगायत अन्य विभिन्न इन्स्योरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न मिल्छ । लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उदेश्यका साथ आइएमई पेबाट सो इन्स्योरेन्स पोलिसीहरुको नविकरण गर्ने सुबिधा उपलब्ध गराईएको हो ।

साथै नव वर्ष २०८० को उपलक्षमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकहरुले १००% क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने छन् ।