बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत घटेको छ । गत आवमा रू. ५१ करोड ५७ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. २० करोड १६ लाखमात्र नाफा कमाएको छ ।
चालू आवमा निष्क्रिय कर्जा बढेपछि कम्पनीको नाफा प्रभावित भएको हो । गत आवमा १ दशमलव ३७ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा ३ दशमलव ८९ प्रतिशत पुगेको छ ।
त्यस्तै गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ६० प्रतिशत घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा रू. १ अर्ब ६७ करोड पुगेको छ ।
चुक्तापूँजी रू. ४ अर्ब ३९ करोड रहेको कम्पनीले जगेडामा रू.१ अर्ब ४९ करोड सञ्चित गरेको छ । रिटेन्ड अर्निङ रू. २७ करोडभन्दा बढी ऋणात्मक छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
गत आवमा रू. १६ दशमलव ११ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा रू. ६ दशमलव १२ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४५ दशमलव २८ गुणा, तरलता अनुपात २० दशमलव ३३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२७ दशमलव ८० रहेको छ ।



About Us
प्रतिक्रिया