काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइतबार तोलामा एक हजार दुई सय रूपैयाँ बढेको सुनको मूल्य आज पाँच हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।…