सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने प्रतितोला २ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार…