काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० रूपैयाँले बढेको छ भने चाँदी ३५ रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँ त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४७५ रूपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार ४०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५१० रूपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया