काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। हिजो बिहीबारको तुलनामा सुन तोलामा २ हजार ७०० र चाँदी १७० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य४ हजार ५१० कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ३४० मा कारोबार भएको थियो। गत बुधबार एक तोला छापावाल सुन दुई लाख ८७ हजार १०० रूपैयाँ र चाँदी ४ हजार ५०० मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया