सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। हिजोको तुलनामा सुन तोलामा ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँर त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० रुपैयाँकायम भएको छ।हिजो मङ्गलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० रुपैयाँर चाँदी चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।