काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। हिजो बुधबारको तुलनामा सुन तोलामा २ हजार ४०० रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० रुपैयाँ कायम भएको छ।
केही दिन यता सुनकाे मूल्य लगातार घटिरहेकाे छ। आइतबार ४ सय रूपैयाँ, साेमबार ९ सय रूपैयाँ, मंगलबार १ हजार ४ सय रूपैयाँ, बुधबार ९ सय रूपैयाँ र बिहीबार २४ सय रूपैयाँले घटेकाे हाे।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया