किनमेलः

तोलामा ६२ सय रूपैयाँले बढ्यो सुन, ताेलाकाे कति ?

चाँदी १८० रूपैयाँले बढ्याे


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेकाे छ। बुधबार तोलामा ६ सय रूपैयाँ घटेको सुनको मूल्य सदिन प्रतितोला ६ हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला चार हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चार सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो।