विवाह गरी अमेरिका लैजाने प्रलोभनमा १५ लाख ठगी गर्ने संजिव र सरिता पक्राउ

काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका-२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् । आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनी अङ्ग्रेजी भाषामा बोली प्रिन्स तमाङ…