काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका– ५ गुर्जुधारास्थित यातायात कार्यालयका सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने ६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रन्जीत महर्जन, दोर्जे लामा, आशिष श्रेष्ठ, केदार श्रेष्ठ, डाक्सन गुरुङ र सविन तामाङ रहेका छन्।
सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया