प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दैलेख जिल्लाको दुल्लु नगरपालिका–१२ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार…