स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो कारोबारी तारालाल विश्वकर्मा र होम बहादुर केसी पक्राउ 


काठमाडौं – स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटका तारालाल विश्वकर्मा र पर्वतका होम बहादुर केसी रहेका छन् । 

काठमाडौंको लाजिम्पाटस्थित रहेको बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले विश्वकर्माले साथमा बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली नगद २२ लाख, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू ४ थान बरामद गरेको छ । 

साथै, विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको बाइनास एपमा मा करिब २००० युएसडीसी बराबरको क्रिप्टो कारोबार भएको  देखिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।