काठमाडौं –ललितपुरको ललितपुर महानगरपालिका–१४ शोभाहिटी बस्ने रामेछाप घर भएका २६ वर्षीय छोयलाल घिसिङले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा छोयलाल समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






About Us
प्रतिक्रिया