बैंकिङ्ग कसुर मुद्दामा बिगो बापत २ वर्ष कैद तोकिएका बाबुराम श्रेष्ठ प्रहरीको फन्दामा 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा बिगो बापत २ वर्ष कैद तोकिएका  फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठका बाबुराम श्रेष्ठ रहेका छन् । 

काठमाडौं जिल्ला अदालत, ववरमहलले उनीमाथि ४३ लाख रुपैयाँ बापत २  वर्ष कैद फैसला गरेको थियो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको  महाबौद्धबाट पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी  फैसला कार्यान्वयनको लागि  काठमाडौं जिल्ला अदालत ववरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।