गण्डकी प्रदेशमा जेठमा ४३१ वटा मुद्दा दर्ता, आर्थिक अपराधका ११३


काठमाडौं – गण्डकी प्रदेशमा जेठ महिनाको अवधिमा ४३१ वटा उजुरी दर्ता भएको छ । ती मुद्दामा आर्थिक अपराधका मात्र ११३ वटा रहेका छन् । 

जेठ महिनामा गण्डकी प्रहरीले ६० जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले यस महिनामा १३२ जनालाई पक्राउ गरेको छ । जसबाट ६२ वर्ष ५ महिना १० दिन र जरिवाना १ करोड २५ लाख ४६ हजार जरिवाना पुगेको हो। 

साथै, प्रहरीले राजस्व चुहावट तथा भन्सार छलीबाट यस महिना १७ करोड ४९ लाख राजश्व सङ्कलन गरेको छ । भने ७ जना पक्राउ परेका छन् ।