काठमाडौं – काठमाडौंको ठमेलबाट प्रहरीले अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने ३२ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई ठमेलको नरसिंहचोकस्थित सार्वजनिक सडक खण्डमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण मानिसहरूलाई अनावश्यक बाटो छेक्ने, अश्लील कार्यको लागी मोलमोलाई गर्ने, दु:ख हैरानी दिने जस्ता कार्य गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई फेला पारी सम्झाई बुझाई गर्दा प्रहरी माथि नै जाइलाग्ने, अभद्र व्यवहार गर्ने ३२ जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया