काठमाडौं– नेपाल राष्ट्र बैंककाअनुसारा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.८ प्रतिशतले वृद्धि भएको छ । १९ प्रतिशतले बढेको रेमिट्यान्स १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।…